शाहरुख खानलाई ट्रेनमा महिलाको थप्पड !, ‘रइस’को प्रोमोशनको क्रममा एकको मृत्यु

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ माघ ११, मंगलवार) २२:४९

बलिउडका बादशाह शाहरुख खानलाई ट्रेनमा यात्रा गरिरहेको बेला एक महिलाले थप्पड हानेकी छिन्। फिल्‍म ‘रईस’को प्रोमोशनको लागि मुम्बईबाट दिल्ली आउनेक्रममा उनलाई एक महिलाले थप्पड हानेकी हुन्। मुम्बई-दिल्लीको बीचमा आउने विभिन्‍न स्टेशनहरुमा उनलाई फ्यानहरुले पछ्याउने क्रममा एक महिला समर्थकले थप्पड हानेकी हुन्।

ट्रेनमा शाहरुखसँगै अभिनेत्री सन्‍नी लियोन समेत साथमा यात्रा गरिरहेकी थिइन्। स्टार बनेपछि शाहरुखको सन्‍नीसँग यो पहिलो यात्रा रहेको भारतीय बलिउड समाचार माध्यमले उल्लेख गरेको छ। तर उनीसँग ट्रेनमा रितेश सिद्वानी र राहुल ढोलकिया समेत उपस्थित थिए।

शाहरुखले यात्रामा क्रममा आफ्ना फ्यानसँग समूहमा इन्टरभ्यू, छलफल र सुख-दु:खको कुरा समेत गरेको बताइएको छ। उनले ट्रेन यात्राको क्रममा रोचक प्रसँग सुनाउँदै भने, ‘म एक पटक आफ्ना साथीहरुसँग रेलमा यात्रा गरिरहेको थिए, ट्रेनमा हाम्रो सिट रिजर्भ भइसकेको थियो। तर स्टेशनमा रेल रोकिदा थप अरु मानिसहरु पनि चढे र त्यही चढ्‍ने क्रममा एक महिलाले मलाई सिटबाट हट्‍न भनिन्। मैले नमानेपछि उसले उनले गाली गर्दै झापड हानिन्।म चुपचाप सिटबाट उठेर उभिइरहे।’

उनले पत्रकारहरुसँग ट्रेनमा आफूले लामो यात्रा नगरेको तर विदेशमा ट्रेनमा भने घुम्‍ने गरेको बताए। यसका साथै उनले आफ्नो श्रीमति र छोराछोरीका साथमा पनि यात्रामा गइसकेको अनुभव सुनाए।

यस्तै, शाहरुखको ‘रईस’को प्रोमोशनको क्रममा एक जनाको मृत्यु भएको भारतीय सञ्‍चार माध्यमले जनाएको छ। उनी ओर्लिने ठाउँमा फ्यानको भीडमा लागेपछि भागदौड मच्चिदा फरिद खानको ज्यान गएको हो। उनले फरिदको मृत्युप्रति दु:ख व्यक्त गरेको छ।


(२०७३ माघ ११, मंगलवार) २२:४९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

पार्टी र मोर्चाको साधारण सदस्यता समेत नरहने गरि (प्रेमबहादुर साही दिलिप) कार्वाहीमा

    नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्यूरो नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका (प्रेमबहादुर साही दिलिप लाई) पार्टी र मोर्चाले भबिस्यमा आवद्ध नगराउने गरि प्रेस विज्ञप्ति.....

Exchange Rate

Nepali Patro