एसिया कप छनोट – नेपाल समूह एफमा, प्रत्येक टोलीले ६ खेल खेल्ने

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ १०, सोमबार) १२:५३

काठमाडौं, १० माघ ।
आगामी मार्चमा हुने एसिया कप छनौट फुटबलमा नेपाल फिलिपिन्ससहितको समूह एफमा परेको छ । यूएईको अबुधावीमा सोमबार भएको ड्रमा नेपाल यमन, ताजकिस्तान र फिलिपिन्स रहेको समूहमा परेको हो ।

होम एण्ड अवे आधारमा प्रत्येक टोलीले ६ खेल खेल्नेछन् । नेपालले आफ्नो पहिलो खेल फिलिपिन्ससँग मार्च २८ मा उसकै घरेलु मैदान खेल्नेछ । जुन १३ मा यमनसँग र सेप्टेम्बर ५ मा ताजकिस्तानसँग नेपालमै खेल्नेछ ।

समूह चरणको खेल सकिँदा शीर्ष दुईमा रहने टोली २०१९ मा हुने एसिया कपका लागि छनौट हुनेछ । समूह एफमा परेका तीनै देश फिफा वरियतामा नेपालभन्दा माथि छन् । फिलिपिन्स १२२, ताजकिस्तान १३२ र यमन १४९ औं स्थानमा छ ।

नेपाल भने १७५ औं स्थानमा छ ।यस्तै ताजकिस्तान अक्टोबर ४ मा उसकै घरेलु मैदानमा खेल्नेछ । नोभेम्बर ४ मा नेपाल र फिलिपिन्सबीच काठमाडौंमा खेल्नेछ भने समूह चरणको अन्तिम खेल मार्च २७ मा यमनमा खेल्नेछ ।

ग्वामले नाम फिर्ता लिएपछि एएफसीले सोलिडारिटी कप विजेता नेपाललाई एसिया कप छनोट खेल्ने मौका दिएको हो ।


(२०७३ माघ १०, सोमबार) १२:५३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना