शीर्ष स्थानको रियल मड्रिडमाथि बार्सिलोनाको दबाब

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ १०, सोमबार) ०२:५३

एजेन्सी, १० माघ ।

स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम गरेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एइबरलाई ४–० ले हराएर उपाधि दाबेदार रियल मड्रिडसँगको अंक दूरी दुईमा झारेको हो ।

बार्सिलोनाको जितमा डेनिस स्वारेज, लियोनल मेस्सी, लुइस स्वारेज र नेइमारले गोल गरे । ३१ औं मिनेटमा डेनिस स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई १–० को अग्रता दिलाए ।

बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गर्‍यो । दोस्रो हाफमा एमएसएनले गोल गरे । ५० औं मिनेटमा मेस्सी तथा ६८ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता ३–० मा पुर्‍याए । इन्जुरी समयमा नेइमारले गोल गरेपछि बार्सिलोनाले ४–० को प्रभावशाली जित दर्ता गर्‍यो ।

जितपछि तेस्रो स्थानको बार्सिलोनाको १९ खेलबाट ४१ अंक छ । यो एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिड भन्दा दुई अंक कम हो ।


(२०७३ माघ १०, सोमबार) ०२:५३ मा प्रकाशित

Exchange Rate

Nepali Patro