प्रचण्ड–बाबुरामले क्रान्ति छाडेर विदेशीको तलुवा चाटे – विप्लव

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ ९, आईतवार) १२:५९

काठमाडाैं, ९ माघ ।

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘ विप्लव’ ले अब  दलाल र भ्रष्टहरूलाई रत्नपार्कमा ल्याएर जनकारवाही गर्नुपर्ने बताएका छन् ।

अख्तियार पूर्व प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने प्रकाश शाही र चन्द्र बुढाको अभिनन्द कार्यक्रममा बोल्दै विप्लवले दलाल र भ्रष्टहरुलाई अब रत्नपार्कमा ल्याएर जनकारवाही गर्नु पर्ने बेला आएको बताएका हुन् ।

उनले प्रचण्ड–बाबुरामले क्रान्ति छाडेर विदेशीको तलुवा चाटिरहेको पनि आरोप लगाए । ‘प्रचण्ड–बाबुराम क्रान्तिबाट भाग्दैमा क्रान्तिको यात्रा रोकिदैन।’ विप्लवले भने, ‘आफ्नो स्वार्थको लागि जनताको बिरुद्धमा काम गर्ने र  विदेशीहरुको अगाडी लम्पसार पर्ने प्रबृत्तिले देश कहिले अगाडी बढ्दैन ।’

अखिल क्रान्तिकारीले आइतबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै विप्लवले दलाल भ्रष्ट र विदेशीको डिजाईनमा लोकमानलाई अख्तियार प्रमुख बनाईएको बताए । कार्कीमाथिको कालोमोसो संकेतिक मात्र भएको र दलाल–भ्रष्टविरुद्ध क्रान्ति गर्नु पर्ने बताउँदै महासचिव विप्लवले आवश्यक परे आफूहरु जीवन बलिदान गर्न पनि तयार रहेको प्रष्ट पारे ।

नेपालमा अहिले दलाल संसदीय व्यवस्था ब्युतिएको भन्दै त्यसको अन्त्य नगरेसम्म देश र जनता समृद्ध नबन्ने उनको ठोकुवा छ । ‘वैज्ञानिक समाजवाद स्थापनार्थ र देशको स्वाभिमान जोगाउनका लागि जस्तो सुकै कदम चाल्न हामी तयार छौं ।’ विप्लवले भने ।

गत पुस ७ गते सर्वोच्च अदालत परिसरभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने अखिल (क्रान्तिकारी) का दुई केन्द्रीय सदस्य प्रकाश शाही र चन्द्र बुढा शुक्रबारमात्रै रिहा भएका थिए ।

महाभ्रष्टको आरोप लगाउदै विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट विद्यार्थी संगठनका शाही र बुढाले सर्वोच्च परिसरमै कालोमोसो दलेर जनकारवाही गरेको बताएका थिए ।

कालोमोसो दले लगत्तै गिरप्तार परेका दुवै जनालाई अदालतको अपहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले एक महिना कैद सजायको फैसला गरेको थियो । अदालतले तोकेको कैद सजाय शुक्रबार सकिएको हो ।

थुना मुक्त भएका आफ्ना कार्यकर्तालाई अखिल (क्रान्तिकारी) ले प्रहरी परिसर टेकुबाट त्रिपुरेश्वर चोकसम्म जुलुस निकालेर फूलमाला अबिर लगाई भव्य स्वागतका साथ सम्मान गरेको थियो । महानगरीय प्रहरी परिसर टेकुबाट सुरु भएको र्याली त्रिपुरेश्वर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।


(२०७३ माघ ९, आईतवार) १२:५९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना