संविधान संशोधन पास भए आन्दोलनमा उत्रने ओलीको चेतावनी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ ९, आईतवार) १२:२९

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक पास हुने अवस्था आए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । जसरी पनि पास गर्न खोजे अप्रिय स्थिती आउने उनले चेतावनी दिए । ‘पास हुने नै अवस्था आए भोटसोट छाडेर आन्दोलनमा जानेछौ,’ उनले भने, ‘कुनैपनि हालतमा पास हुँदैन । सरकारले पास गर्नका लागि कमजोर त्यान्द्रा समातेर पार लगाउन खोजेको छ । त्यो सम्भव छैन ।’

एमालेको केन्द्रीय मोर्चा संगठनको आइतबारदेखि सुरु राष्ट्रिय भेलामा बोल्दै ‘एकपार्टी एक व्यक्ति र एक मन्त्रालय दिएर भोट हाल्न लगाएपनि सम्भव नरहेको’ उनले बताए । उनले पेस भएको विधेयकमा परिमार्जन समेत गर्न नसकिने बताए । ‘बोक्रो, गुदी फेरेर हुँदैन, अब प्रस्ताव फिर्ता लिनुको विकल्प छैन,’ ओलीले भने ।

ओलीले सरकारले ल्याएको चारबुँदे प्रस्ताव जनतालाई सेवा, सुविधा, अधिकार दिन नभई कमजोर पार्नका लागि भएको पनि बताए । ‘देशको हितको पक्षमा रहेको सरकार हटाएर अहित गर्नका लागि अहिलेको सरकार बनेको हो,’ उनले भने, ‘एकताका लागि पहाड र तराई अलग गर्नुपर्छ भनेर सरकारले भन्छ, तर, यो सबै भ्रम मात्र हो ।’


(२०७३ माघ ९, आईतवार) १२:२९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना