पुल बनाउन दबाब समिति, आमरण अनसनदेखि कानूनी लडाईं लड्नसम्मको तयारी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ ९, आईतवार) ०७:०५

भलाम खोलामा पुल नबन्दा आफ्नो गाउाटोल र छिमेकको विकास हुन नसकेको. तीतो अनुभव बटुलेका पोखरा उपमहानगरपालिका वडा नं २० साविक भलाम गाविस वडा नं. २ का बासिन्दाले सो खोलामा पुल बनाउने ठेक्का पाएर पनि काम गर्न आलटाल गरेकोमा ठेकेदारप्रति आक्रोश व्यक्त गरेका छन् । उक्त पुल निर्माणमा देखिएका वाधा अड्चन हटाउने बारेमा आयोजित छलफल एवं वनभोज कार्यक्रममा उनीहरुले ठेकेदारप्रति आक्रोश व्यक्त गरेका हुन् । सो कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरुले भलाम खोलामा हरतरहले पुल बनाउने बारेमा जिल्ला विकास समिति लगायतका सम्बन्धित निकायहरु सकारात्मक रहेपनि पुलनिर्माणको ठेक्का पाएको ठेकेदारले आफ्नो नीहित स्वार्थका लागि काममा ढिलाई गरिरहेको निष्कर्ष निकाल्दै ठेकेदारलाई तुरुन्त काम गर्न वाध्य पार्न एक दबाब समिति पनि गठन गरेको छ ।
मणिपाल, भलामखोला, चण्डीपाटन, हरिहर बाटो समितिका अध्यक्ष योगेन्द्रसिंह थापाको संयोजकत्वमा गठित उक्त समितिमा टेाल विकास संस्थाका अध्यक्षद्वय रामबहादुर हमाल तथा कृष्णबहादुर कार्की, केदार केसी, गणेश बस्नेत लेखबहादुर खत्री, उदयबहादुर कार्की, कृष्णबहादुर कार्की र विष्णु केसी रहेका छन् ।
भलामखोलामा पुल निर्माण सम्पन्न गर्न आवश्यक पहल तथा सल्लाह प्रदान गर्न भेलाले भलाम घर भै हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहाप्रवन्धक देवेन्द्र केसी, आन्तरिक राजश्व कार्यालय पोखराका अधिकृत हिमबहादुर बस्नेत, अधिवक्ताद्वय वीरेन्द्र केसी र सुनिल कार्की, पत्रकार ओम हमाल, उपप्राध्यापक रवि कार्की लगायतलाई सल्लाहकार तोकेको छ भने संरक्षकमा नेत्रबहादुर बस्नेतलाई मनोनयन गरेको छ ।
भेलामा सहभागीहरुले भलामखोलामा पुल नबन्ने हो भने आफ्नो गाउाटोल छिमेक कहिल्यैपनि विकास नहुने भएकाले सबै एकजुट भएर पुल बनाउन दबाब दिनुपर्ने आवश्यकता औंल्याए । उनीहरुले आवश्यक परे आमरण अनसनदेखि कानूनी लडाईं लड्नसम्म पछि हट्न नहुनेमा जोड दिए ।
उक्त कार्यक्रममा बोल्दै मणिपाल, भलामखोला, चण्डीपाटन, हरिहर बाटो समितिका अध्यक्ष योगेन्द्रसिंह थापाले भलाम खोलामा जसैगरी पुल बनाउनका लागि जिल्ला विकास समिति कास्की लगायतका सम्बन्धित निकायहरु सकारात्मक रहेको जानकारी दिएका थिए । उनले करीब ४० फुट गहिरो खाडलमा पिलर हालेर पुल बनाउनका लागि जिविस लगायतले पहल गरिरहेको भएपनि ठेकेदारले पुल बनाउन आवश्यक पर्ने खाडल खन्न पनि ठेकेदारले आफ्नो नीहित स्वार्थका लागि आलटाल गरिरहेको आरोप लगाए । उनले पुल बनाउन दबाब दिनका लागि आमरण अनसन बस्न पनि पछि नपर्ने प्रतिवद्धता व्यक्त गरे ।
अधिवक्ता वीरेन्द्र केसीले ठेकेदारले कामै नगरी पैसा असुल्ने बद्नियत राखेको हो भने त्यसकाविरुद्ध कानूनी लडाई लड्न आफू तयार रहेको जानकारी दिएका थिए ।

भलाम खोलामा पुल नबन्दा आफ्नो गाउाटोल र छिमेकको विकास हुन नसकेको। तीतो अनुभव बटुलेका पोखरा उपमहानगरपालिका वडा नं २० साविक भलाम गाविस वडा नं। २ का बासिन्दाले सो खोलामा पुल बनाउने ठेक्का पाएर पनि काम गर्न आलटाल गरेकोमा ठेकेदारप्रति आक्रोश व्यक्त गरेका छन् । उक्त पुल निर्माणमा देखिएका वाधा अड्चन हटाउने बारेमा आयोजित छलफल एवं वनभोज कार्यक्रममा उनीहरुले ठेकेदारप्रति आक्रोश व्यक्त गरेका हुन् । सो कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरुले भलाम खोलामा हरतरहले पुल बनाउने बारेमा जिल्ला विकास समिति लगायतका सम्बन्धित निकायहरु सकारात्मक रहेपनि पुलनिर्माणको ठेक्का पाएको ठेकेदारले आफ्नो नीहित स्वार्थका लागि काममा ढिलाई गरिरहेको निष्कर्ष निकाल्दै ठेकेदारलाई तुरुन्त काम गर्न वाध्य पार्न एक दबाब समिति पनि गठन गरेको छ ।
मणिपाल, भलामखोला, चण्डीपाटन, हरिहर बाटो समितिका अध्यक्ष योगेन्द्रसिंह थापाको संयोजकत्वमा गठित उक्त समितिमा टेाल विकास संस्थाका अध्यक्षद्वय रामबहादुर हमाल तथा कृष्णबहादुर कार्की, केदार केसी, गणेश बस्नेत लेखबहादुर खत्री, उदयबहादुर कार्की, कृष्णबहादुर कार्की र विष्णु केसी रहेका छन् ।
भलामखोलामा पुल निर्माण सम्पन्न गर्न आवश्यक पहल तथा सल्लाह प्रदान गर्न भेलाले भलाम घर भै हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहाप्रवन्धक देवेन्द्र केसी, आन्तरिक राजश्व कार्यालय पोखराका अधिकृत हिमबहादुर बस्नेत, अधिवक्ताद्वय वीरेन्द्र केसी र सुनिल कार्की, पत्रकार ओम हमाल, उपप्राध्यापक रवि कार्की लगायतलाई सल्लाहकार तोकेको छ भने संरक्षकमा नेत्रबहादुर बस्नेतलाई मनोनयन गरेको छ ।
भेलामा सहभागीहरुले भलामखोलामा पुल नबन्ने हो भने आफ्नो गाउाटोल छिमेक कहिल्यैपनि विकास नहुने भएकाले सबै एकजुट भएर पुल बनाउन दबाब दिनुपर्ने आवश्यकता औंल्याए । उनीहरुले आवश्यक परे आमरण अनसनदेखि कानूनी लडाईं लड्नसम्म पछि हट्न नहुनेमा जोड दिए ।
उक्त कार्यक्रममा बोल्दै मणिपाल, भलामखोला, चण्डीपाटन, हरिहर बाटो समितिका अध्यक्ष योगेन्द्रसिंह थापाले भलाम खोलामा जसैगरी पुल बनाउनका लागि जिल्ला विकास समिति कास्की लगायतका सम्बन्धित निकायहरु सकारात्मक रहेको जानकारी दिएका थिए । उनले करीब ४० फुट गहिरो खाडलमा पिलर हालेर पुल बनाउनका लागि जिविस लगायतले पहल गरिरहेको भएपनि ठेकेदारले पुल बनाउन आवश्यक पर्ने खाडल खन्न पनि ठेकेदारले आफ्नो नीहित स्वार्थका लागि आलटाल गरिरहेको आरोप लगाए । उनले पुल बनाउन दबाब दिनका लागि आमरण अनसन बस्न पनि पछि नपर्ने प्रतिवद्धता व्यक्त गरे ।
अधिवक्ता वीरेन्द्र केसीले ठेकेदारले कामै नगरी पैसा असुल्ने बद्नियत राखेको हो भने त्यसकाविरुद्ध कानूनी लडाई लड्न आफू तयार रहेको जानकारी दिएका थिए ।

(२०७३ माघ ९, आईतवार) ०७:०५ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro