पूर्व कप्तान प्रशिक्षकका रुपमा फर्किंदै

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ ८, शनिबार) ०२:०२

काठमाडाैं, ८ माघ ।

लिभरपुल तथा इंग्ल्याण्डका पूर्व कप्तान स्टिभन जेरार्ड प्रिमियर लिग क्लब लिभरपुलमा फर्किने भएका छन् । जेरार्ड लिभरपुलको युथ टिमको प्रशिक्षकका रुपमा क्लब फर्किन लागेका हुन् ।

३६ वर्षका जेरार्डले सन् १९९८ देखि २०१५ सम्म लिभरपुलबाट सात सय १० खेल खेलेका थिए । उनले क्लबलाई ९ वटा उपाधि दिलाए । जेरार्ड सन् २०१४–१५ को सिजनको अन्तिममा अमेरिकी एमएलएस क्लब एलए ग्यालेक्सीमा गएका थिए र उनले गएको नोभेम्बरमा सन्यासको घोषणा गरेका थिए ।

लिभरपुलसँग जेरार्डले अहिले युथ टिमको प्रशिक्षकको रुपमा सम्झौता गरेका छन् । यो सम्झौता भावनाका आधारमा नभई क्षमताका आधारमा गरिएको क्लब र जेरार्ड दुवैले बताएका छन् । जेरार्डले एक सय १४ खेलमा इंग्ल्याण्डको कप्तानी गरेका थिए ।


(२०७३ माघ ८, शनिबार) ०२:०२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro