इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ ७, शुक्रबार) ०३:३३

काठमाडौं, ७ माघ ।

इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ ।

कटकमा बिहीबार बेलुका सकिएको खेलमा घरेलु टोली भारतले भ्रमण टोली इंग्ल्याण्डलाई १५ रनले हराएको हो । भारतले प्रस्तुत गरेको तीन सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा तीन सय ६६ रन मात्रै बनाउन सक्यो ।

उसका कप्तान इयोन मोर्गानले एक सय दुई तथा ज्यासन रोयले ८२ रन बनाए । यस्तै माइन अलीले ५५ र जोए रुटले ५४ रन बनाए पनि हार टार्न सकेनन् । भारतका रविचन्द्रन आश्विनले तीन तथा जसप्रीत बुमराहले दुई विकेट लिए ।

पहिले ब्याटिङ गरेको भारतले युवराज सिंह र महेन्द्र सिंह धोनीको शतकको मद्दतमा तीन सय ८१ रन बनायो । युवराजले एक सय ५० तथा धोनीले एक सय ३४ रन बनाए । इंग्ल्याण्डका क्रिस वोक्सले चार तथा लिएम प्लुनकेट्टले दुई विकेट लिए ।

तीन एक दिवसीयको श्रृँखलामा लगातार दुई खेल जित्दै भारतले श्रृँखला आफ्नो पक्षमा पारेको छ । विराट कोहलीको कप्तानीमा खेलेको भारतले पहिलो एक दिवसीयमा इंग्ल्याण्डलाई तीन विकेटले हराएको थियो । भारत र इंग्ल्याण्डबिच दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेट पनि हुनेछ ।


(२०७३ माघ ७, शुक्रबार) ०३:३३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro