पाल्पामा बस दुर्घटना,२ को मृत्यु, २० घाइते

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ २, आईतवार) ०६:०९

पाल्पाको सिलुवा गाउँ विकास समिति वडा नं ४ बैछापमा गएराति बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भने २० जना घाईते भएका छन्।
दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले जानकारी दिएको छ ।
उनीहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । बसमा सवार २४ जना यात्रुमध्ये २० घाइतेको उपचारका लागि प्रभासमा पठाइएको छ ।
बुटवलबाट रामपुरतर्फ आउँदै गएको ना ४ ख ९२१८ नंको गाडी गएराति १०ः४५ बजे दुर्घटना भएको हो । बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

(२०७३ माघ २, आईतवार) ०६:०९ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना