पक्राउ परेकाअर्चना पनेरु सहितको फिल्म टोलि धरौटीमा रिहा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७२ चैत्र ८, सोमबार) २३:१७

विना अनुमति चलचित्र छायाङ्कनको आरोपमा पक्राउ परेका अर्चना पनेरु सहितको टिम तारिखमा छुटेका छन् । उनिहरुको सबै टिमलाई नै रामबजार प्रहरीले दिउसो नियन्त्रणमा लिएको थियो । बुधवार आवश्यक कगजपत्र सहित उपस्थित हुने गरी तारिखमा छोडिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले जानकारी दिए ।

‘ फिल्म निर्देशक राजु गिरीले अनुमतिनै नलिइ छायाङ्कन गरेको भन्दै नियन्त्रणमा लिन चलचित्र विकास वोर्डले पत्राचार गरेको थियो । सोहि पत्रका आधारमा प्रशासनको निर्देशन अनुसार प्रहरीले सबै सुटिङ युनिटलाई नै नियन्त्रणमा लिएको थियो ।

चलचित्रका निर्देशक गिरीलाई वोर्डबाट इजाजत लिएको प्रमाण सहित उपस्थित हुन भनिएको छ । फिल्म छायाङ्कनमा प्रयोग भएका सबै सामाग्री स्थानिय प्रशासनले नियन्त्रणमा लिएको छ । ‘ विना अनुमति अश्लिल फिल्म छायाङ्कन हुदैछ भन्ने सुचनाको आधारमा हामीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी मैनालीले बताए ।5


(२०७२ चैत्र ८, सोमबार) २३:१७ मा प्रकाशित

Exchange Rate

Nepali Patro