संविधान कार्यान्वयन गर्न कांग्रेस जस्तोसुकै जोखिम लिन तयारः सिंह

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ १, शनिबार) ०७:२१

तनहुँ, १ माघ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तन ल्याउन सफल हुने तर संस्थागत गर्न नसक्ने नेपाली राजनीतिको पुरानो रोगका कारण राजनीतिक अस्थिरता बढेको बताएका छन् । उनले यसैका कारण जनतामा दलहरुप्रति अबिश्वास बढ्दै गएको पनि बताए ।

तनहुँको बन्दिपुरस्थित सहिद बाटिकामा शनिबार आयोजित कार्यक्रममा बोल्दै सिंहले राजनीतिमा मूल्य मान्यता हराउँदै गएको र मनि-मसल हाबी भएकाले जनतामा निराशा बढ्दै गएको बताए ।

राजनीतिमा इमान्दारीताको मूल्यांकन हुन छाडेको र सहिदहरुको सम्मानमा समेत कमी आएको भन्दै उनले दुःख व्यक्त गरे ।

कांग्रेस संविधान प्रभावकारीरुपमा कार्यान्वयन गराउन जस्तोसुकै जोखिम लिन तयार हुनेसमेत उनले बताए । केही शक्तिहरु संविधान असफल बनाएर मुलुकमा अस्थिरता ल्याउन उद्यत रहेकाले तिनलाई परास्त गरेर कांग्रेस अघि बढ्ने नेता सिंहको भनाइ छ ।

हिजो संविधान जारी गर्दा नै चित्त नबुझाएका दलहरुलाई संशोधन मार्फत समेट्नुपर्नेमा नेता सिंहले जोड दिए । संविधान जारी गर्दा गरेको समझदारी नभुल्न र देश विकासका लागि राष्ट्रिय एकता कायम गर्दै अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए ।

कांग्रेस नेता सिंहले स्थानीय निर्वाचन भएरै छाड्ने भन्दै जिल्लाका नेता कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।


(२०७३ माघ १, शनिबार) ०७:२१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना