कमलरी खरिदबिक्री हुने माघी पर्वबारे शान्ता चौधरी यसो भन्छिन्

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ माघ १, शनिबार) ०६:३३

आज माघे संक्रान्ति अर्थात माघी । यो पर्वका माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले मकर संक्रान्तिका रुपमा परिचित छ ।

चाकु, तरुल, खिचडी र तिलको लड्डुलजस्ता पोषिला खानेकुरा खाने अनि शरीरको दर्द हराउने पर्वका रुपमा पनि यो परिचित छ । आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजा गर्ने चलन पनि छ ।

विभिन्न समुदायले विभिन्न नाममा यो पर्व मनाउने गरेको छन् । यो पर्व कुनै समय थारुहरुका लागि र त्यसमा पनि कमलरीहरुका सन्दर्भमा त निकै पीडादायी थियो ।

माघीका दिन कमैया कमलरी खरिदबिक्री हुन्थे । अहिले त्यो प्रचलन इतिहास बनेको छ । त्यही कमलरी परिवारबाट हुर्किएर सभासद्सम्म बनेकी शान्ता चौधरीले त्यो इतिहासको पीडा समाजिक सञ्जालबाटै पोखेकी छिन् ।

‘हामी थारुका लागि माघी अति महत्त्वको चाड हो,’ उनले भनेकी छिन्, ‘माघीको दिनमा कमैया कमलरी खरिदबिक्री हुन्थे तर यस्तो कार्य इतिहास भइसकेको छ । कुनै जमाना मेरा लागि पीडाको पर्व थियोे अहिले खुसीको पर्व भएको छ ।’

उनले हरेक वर्ष माघी आफ्नै जिल्ला दाङमा बनाउने गरेको स्मरण गर्दै यो वर्ष काठमाडौंमा पहिलो पटक माघी मनाउँदै गरेको पनि उल्लेख गरेकी छिन् । उनले माघीको अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै शुभकामनासमेत भनेकी छिन् ।

 


(२०७३ माघ १, शनिबार) ०६:३३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना