नक्कली कपिलवस्तुमा भारतीय मन्त्रीले गरे बुद्ध संग्रहालय उद्घाटन

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७२ चैत्र ५, शुक्रबार) २३:४८

शान्तिका अग्रदुत गौतम बुद्ध नेपाल जन्मिएकोमा दुईमत नरहे पनि भारतले भ्रम फैलाउने काम जारी राखेको छ । यसैको पछिल्लो कडीका रुपमा जन्माइएको छ नक्कली कपिलवस्तु । बुद्धका बाबु शुद्धोधनको दरबारको भग्नावशेष भेटिएको भन्दै भारतको युपीमा नक्कली कपिलवस्तु निर्माण गरिएको हो । जबकि बुद्धको जन्म नेपालको रुपन्देहीस्थित लुम्बिनीमा भएको थियो भने शुद्धोधनको दरवार नेपालको कपिलवस्तु जिल्लास्थित तिलौराकोटमा पर्छ ।

नक्कली प्रमाणमा आधारित कपिलवस्तु संग्रहालयको शुक्रबार उद्घाटन गरिएको छ । भारतीय पुरातत्व सर्वेक्षण लखनउ मण्डलले आयोजना गरेको उद्घाटन समारोहलाई भारतीय पर्यटन, संस्कृति तथा नागरिक उड्ययनमन्त्री डा. महेश शर्माले संवोधन गरेका थिए । उनले बुद्धको जन्मस्थल र कार्यस्थल भारतको कपिलवस्तुस्थित पिपरहवा र गनवरिया रहेको दावी गरे । शर्माले भने, ‘यो क्षेत्र शाक्यवंशका राजाहरुको अधिनमा थियो । राजा शुद्धोधन र रानी महामायाले यहाँ राज्य गरेका थिए ।’

उनले बुद्धले आफ्नो २९ वर्ष पिपरहवामा र गनवरियामा बिताएको बताए । सन्यासी जीवन बिताउन तथा मानवलाई प्रेरणा दिन यहाँबाट पछि अन्तै गएको उनको भनाइ थियो । शर्माले बुद्धसँग सम्वन्धित ८ स्थानहरु मध्ये ७ वटा भारतमा रहेको र त्यसमध्ये पनि ४ वटा उत्तर प्रदेश राज्यमा रहेको दाबी गरे ।

 

मन्त्री शर्माका अनुसार बुद्धको जन्मस्थल पिपरहवा र गनवरियाका विकासका लागि सरकारले १ अर्ब ७० करोड भारतीय रुपैयाँ विनियोजन समेत गरेको छ । ‘पहिलो सुरुवात संग्रहालयबाट भइसकेको छ र अब बुद्धको नाममा थिम पार्क लगायत पर्यटकीय आकर्षणका वस्तुहरु निर्माण गरिनेछन्,’ उनले भने ।

कार्यक्रमलाई सम्वोधन गर्दै भारतीय जनता पार्टीका सांसद जगदम्बिका पालले पनि गौतम बुद्ध भारतको जन्मिएको दाबी गरे । उनले बुद्ध कपिलवस्तुको पिपरहवामा जन्मिएको तथा बाल्यकाल पिपरहवा र गनवरिया क्षेत्रमा बिताएको उनको भनाइ थियो ।

सन् १९७० को दशकमा गरिएको पुरातात्विक अन्वेशषणका क्रममा ‘ओम देभपुत्र विहार कपिलवस्तु संघ’ र ‘महा कपिलवस्तु विखु संघ’ लेखिएका दुई वस्तुलाई बुद्ध भारतमा जन्मिएको प्रमाण भन्दै देखाइएको छ । कपिलवस्तु संग्रहालय उद्घाटनमा यीनै दुई वस्तु प्रमुख आकर्षण रहने बताइएको थियो । तर तिनीहरुलाई लुकाइएको छ । कार्यक्रममा सांसद पालले प्रमाणका दुई वस्तु भारतको कोलकत्ताको कुनै संग्रहालयमा राखिएको दावी गरे ।

कार्यक्रममा मन्त्री शर्मा र संसाद पालले कपिलवस्तु नामक किताब, सिडी र वेभसाइटसमेत सार्वजनिक गरेका थिए ।


(२०७२ चैत्र ५, शुक्रबार) २३:४८ मा प्रकाशित

मुख्य समाचार

सबै

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस बारेमा गुत्थी कुरो.....

विवादित हिन्द प्रशान्त रणनीतिलाई सहयोग गर्न अमेरिकाको आग्रह, नेपाल सकारात्मक रहेको उपप्रधानमन्त्री पोख्रेलको भनाई

नेपालमा ब्यापक बिरोध भैरहेको अमेरिकाको हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बनिदिन अमेरिकाले नेपाललाई आग्रह गरेको छ। एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी.....

न्यायाधिश हुन न्याय परिषदबाट बैदिकको राजिनामा, बार एशोसिएशनको आपत्ति

सर्बोच्च अदालतको न्यायाधिश बन्न न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा.....

Exchange Rate

Nepali Patro